June 10, 2026, Wednesday
२०८३ जेष्ठ २७

सुदुरपश्चिम

कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी

अछाम : कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार अछामको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थानस्थित कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं डीएसपी ओमप्रकाश खनाले दिएको जानकारी अनुसार बेपत्ता हुनेमा तुर्माखाँद–३, बल्देका ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि…

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारका लागि दिल्ली प्रस्थान

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री उपचारका लागि दिल्ली प्रस्थान

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह आफ्नो स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान गरेका छन्।  मुख्यमन्त्री शाहको सचिवालयले सार्वजनिक गरेको जानकारी अनुसार उनी आज (बुधबार) बिहान ६ बजे सडकमार्ग हुँदै दिल्लीतर्फ लागेका हुन्। मुख्यमन्त्री शाहलाई हड्डी र नसासम्बन्धी समस्या रहेको छ। यसअघि पनि उनले दिल्लीको म्याक्स सुपर स्पेसियलिटी हस्पिटलमा उपचार गराएका थिए। शाह केही…

  • १७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए

    १७ वर्षपछि बलात्कार मुद्दाका अभियुक्त घरमा भेटिए

    धनगढी : १७ वर्षदेखि फरार जबरजस्तीकरणी मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अमरैयाका ५४ वर्षीय बुरु (बिरा) राना रहेका प्रहरीले जनाएको छ। जिल्ला अदालत कञ्चनपुरले उनलाई २०६४ साल जेठ २० गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै...

  • ओझेलमा बिसुको रौनक

    ओझेलमा बिसुको रौनक

    डोटी : सुदूरपश्चिम प्रदेशमा मनाइने बिसु पर्व केवल एक चाड मात्र नभएर यो यहाँको मौलिक संस्कृति, परम्परा र सामाजिक एकताको महत्त्वपूर्ण कडी पनि हो। तर, गाउँमा मानिसहरूको बसोबास पातलिएसँगै अहिले यसको रौनक पनि हराउँदै गएको छ । नयाँ वर्षको सुरुवातसँगै मनाइने...

  • ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

    टीकापुर : कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई घरदैलोमै सेवा दिन सुरु गरेको छ । पालिकाले यही चैत महिनादेखि हरेक वडामा दुई/दुई जना स्वास्थ्यकर्मी परिचालन गरेर समुदायमा रहेका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गता भएकाहरूको स्वास्थ्य...

  • हेलिकप्टर चढेर साइपाल पुग्यो जिप

    हेलिकप्टर चढेर साइपाल पुग्यो जिप

    बझाङ : जिल्लाको विकट र क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो साइपाल गाउँपालिकामा अब जिप चढेर यात्रा गर्न पाइने भएको छ । एक जना व्यवसायीले हेलिकप्टरमार्फत जिप ढुवानी गरेर हालसम्म यातायात सुविधा नपुगेको साइपालमा जिप सेवा सुरु गरेका हुन् ।  बझाङ विमानस्थलबाट जिपलाई खोलेर...

  • कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

    कञ्चनपुरमा बालिका बलात्कार आरोपमा युवक पक्राउ

    कञ्चनपुर : कञ्चनपुरमा ११ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका–५, राधापुर बस्ने २२ वर्षीय सन्तोष रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सन्तोषले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट...

  • लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने : मुख्यमन्त्री शाह

    लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने : मुख्यमन्त्री शाह

    लम्की : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लम्कीचुहा प्रादेशिक अस्पताल तत्काल सञ्चालनमा ल्याइने बताएका छन्। बिहीबार लम्कीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कानुन तथा प्रचलित ऐनको प्रावधानभित्र रही अस्पताल सञ्चालन ल्याइने बताएका हुन । मुख्यमन्त्री शाहले प्रक्रियागत ढंगबाट...

  • कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    कैलालीमा गोली हानेर श्रीमतीको हत्या गरेपछि आफैमाथि चलाए बन्दुक

    गोदावरी : कैलालीको गोदावरी नगरपालिका–४ अमेलेशैनी गाउँका ३१ वर्षीय रामबहादुर मगरले आफ्नी श्रीमती २७ वर्षीया सञ्जिता मगरको गोली हानी हत्या गरेपछि आफैमाथि गोली प्रहार गरेका छन्। गोली लागेर सञ्जिताको घटनास्थलमै मृत्यु भएको छ। घाइते रामबहादुरलाई बेहोस अवस्थामा सेती प्रादेशिक अस्पताल...