प्रतिपक्षी कांग्रेसको बहिष्कारबीच सुदूरपश्चिम प्रदेशसभाबाट २०८३/८४ को बजेट पारित

धनगढी । सुदूरपश्चिम प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पारित भएको छ। मंगलबार साँझ ६ बजे बसेको प्रदेशसभा बैठकले बजेट पारित गरेको हो।
यसअघि साँझ ५ बजेका लागि बोलाइएको बैठक ५ बजेर २२ मिनेटमा सुरु भएको थियो। बैठक सुरु भएको केही मिनेटमै सभामुखले विशेष कारण देखाउँदै पाँच मिनेटका लागि बैठक स्थगित गरेका थिए।
बजेट पारित गर्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको थियो।
मंगलबार बसेको नेकपा संसदीय दलको बैठकले प्रदेशसभामा प्रस्तुत बजेट पारित गर्ने र बजेटमा छुटेका विषय तथा विवादित योजनालाई सम्बोधन गर्न पूरक बजेट ल्याउने निर्णय गरेको थियो।
यसैबीच, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेट जनपक्षीय नभएको भन्दै प्रदेशसभा बैठक बहिष्कार गरेको थियो। कांग्रेसको बहिष्कार र सत्तारूढ दलभित्रको विवादका कारण बजेट पारित गर्ने बैठक प्रभावित भएको थियो।
तर, सत्तारूढ दलभित्र सहमति जुटेपछि प्रदेशसभाको बैठक सञ्चालन भएको हो। अन्ततः प्रदेशसभाले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ।



प्रतिकृया दिनुहोस्