कांग्रेस देउवा समूहको डोटी सभापतिमा खड्का सर्वसम्मत, अन्य पदाधिकारीमा को-को भए निर्वाचित ?

डोटी । नेपाली कांग्रेसको देउवा समूहको डोटी जिल्ला सभापतिमा बाजी सिंह खड्का ‘विजय’ सर्वसम्मत निर्वाचित भएका छन्। शुक्रवार डोटीको राजपुरमा सम्पन्न अधिवेशनले खड्कालाई जिल्ला सभापतिमा सर्वसम्मत चयन गरेको हो।
नेपाली कांग्रेस डोटीको निर्वाचन समितिका संयोजक डण्डीराज ओझाका अनुसार अधिवेशनबाट प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा नन्द सिंह धामी र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा शेरबहादुर बम पनि सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनले १५औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि तथा प्रदेश महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको ओझाले जानकारी दिए ।
अधिवेशनबाट जिल्ला तथा प्रदेशस्तरको नेतृत्व चयन भएसँगै पार्टीको संगठनलाई थप सुदृढ बनाउने र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ ।
को-को भए निर्वाचित ?









प्रतिकृया दिनुहोस्