July 10, 2026, Friday
२०८३ असार २६

पत्रपत्रिका

बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी, यी अवस्था बाहेकको भुक्तानी रोक

बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी, यी अवस्था बाहेकको भुक्तानी रोक

काठमाडौ : सरकारले बिहीबार एकै दिन ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ सरकारी खर्चको भुक्तानी गरेको छ। कानुन अनुसार चालु आर्थिक वर्षका लागि नियमित भुक्तानी निकासा गर्न पाउने अन्तिम दिन यति ठूलो रकम निकासा भएको हो। यससँगै चालु आर्थिक वर्षका लागि नियमित भुक्तानी प्रणाली बन्द हुनेछ। महालेखा नियन्त्रक कार्यालयका अनुसार थाती रहेका विभिन्न भुक्तानी फरफारक…

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

नक्कली भुटानी शरणार्थी प्रकरण : रायमाझी र खाणसहित १६ दोषी ठहर, ८ जना फरार सूचीमा

काठमाडौँ : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराध अभियोगमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना दोषी ठहर भएका छन् । मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उनीहरूलाई दोषी ठहर गरेको हो । कसुर र भूमिकाका आधारमा उनीहरूविरुद्ध किर्ते, ठगी, संगठित…

  • कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने तयारी

    कर्जा सहजीकरणकेन्द्रित मौद्रिक नीति ल्याउने तयारी

    काठमाडौँ : बैंक तथा वित्तीय संस्थामा थुप्रिएको कर्जा प्रवाहका लागि सहजीकरण हुने गरी राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीति लेखनको अन्तिम तयारीमा जुटेको छ । यस पटक मौद्रिक नीतिको संरचनामा व्यापक परिमार्जन गरेको राष्ट्र बैंकले आगामी वर्षमा गुणस्तरीय कर्जा विस्तारलाई...

  • राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    राजनीतिले थिचिएको सुदूरपश्चिमको सपना

    धनगढी : राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) अनुसार सुदूरपश्चिम मुलुककै सबैभन्दा ‘गरिब’ प्रदेश हो । सुदूरपश्चिमको निरपेक्ष गरिबी सबैभन्दा धेरै ३४.१६ प्रतिशत छ । ‘गरिबीको लघुक्षेत्र अनुमान– २०८२’ को प्रतिवेदनअनुसार देशका ७ सय ५३ स्थानीय तहमध्ये सबैभन्दा धेरै...

  • सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

    सुदूरपश्चिम प्रदेशमा सत्ता साझेदार दलबीच मतभेद, बजेटमाथि छलफल अनिश्चित

    धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफल अनिश्चित बनेको छ ।  सत्ता साझेदार एमाले संसदीय दलले नै बजेटमा संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेपछि प्रदेशसभामा बजेटमाथि छलफल प्रभावित भएको हो । त्यसैमा सत्तासमिकरण फेरबदलको चर्चासमेत चलिरहेको...

  • रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    रास्वपामा १८ वर्षमुनिका ३५ हजार सदस्य : कानुन र अन्तर्राष्ट्रिय अभिसन्धि उल्लंघन

    काठमाडौँ : कानुन कार्यान्वयन गराउने सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नै मुलुकको कानुन र अन्तर्राष्ट्रिय महासन्धिविपरीत १८ वर्षभन्दा मुनिका बालबालिकालाई पार्टी सदस्य बनाएकामा राजनीतिक दलहरू, सांसद र अधिकारकर्मीले आपत्ति जनाएका छन् । रास्वपाका निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटीले प्रथम महाधिवेशनको बन्दसत्रमै...

  • वामपन्थी दल : अहंकारले अलग, संकटपछि सहकार्यको खोजी

    वामपन्थी दल : अहंकारले अलग, संकटपछि सहकार्यको खोजी

    काठमाडौँ : रास्वपा नेतृत्वको सरकारले अघिल्ला सरकारका निर्णय खोतल्न थालिरहेकै बेला एमाले र नेकपाका शीर्ष नेता सहकार्यको विन्दु खोज्न थालेका छन् । संसद् र सडकमा सहकार्य गरेर सरकारका कदमविरुद्ध मोर्चाबन्दी गर्ने उद्देश्यसहित दुवै दलले गृहकार्य गरिरहेका छन् । आगामी स्थानीय तह र...

  • बर्डफ्लु सङ्क्रमण तीव्र : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    बर्डफ्लु सङ्क्रमण तीव्र : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच फाइभ एन वान) सङ्क्रमण  तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाइएको...

  • एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    एकल महिलाका लागि आड र भरोसा बनेकी वेद अवस्थी

    धनगढी : धनगढीकी ४७ वर्षीय वेद अवस्थी सुदूरपश्चिमका हजारौँ एकल महिलाका लागि आड र भरोसा बनेकी छन् । एकल महिलाहरूको हक-अधिकारका लागि आवाज उठाउने र उनीहरूलाई आत्मनिर्भर बनाउन प्रेरित गर्ने काममा उनले आफ्नो जीवन समर्पित गरेकी छन् । यस क्रममा...

Page 1 of 631234Next ›Last »