भन्सार छलीका सामानसहित पिकअप बरामद, चालक पक्राउ

धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सुर्ती तथा किराना सामानसहित पिकअप जिप बरामद गरेको छ। प्रहरीले जिपका चालकलाई समेत पक्राउ गरेको जनाएको छ।
मंगलबार साँझ धनगढी उपमहानगरपालिका–१, एलएन चोकमा शंकाका आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले सामानसहित पिकअप जिप नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार गोदावरी नगरपालिका–६ का ३३ वर्षीय सुरेश चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ च ३०२३ नम्बरको पिकअप जिपमा भन्सार छली गरी ल्याइएका सुर्ती तथा विभिन्न किराना सामान फेला परेको थियो।
बरामद गरिएका सामान र पिकअप जिपको अनुमानित मूल्य ९ लाख ६८ हजार ७६९ रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद सामान र जिप नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।



प्रतिकृया दिनुहोस्