October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

एनपीएल : जनकपुरले टस जितेर कर्णालीविरुद्ध पहिले बलिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आजको तेस्रो खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर कर्णालीलाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

जनकपुर र कर्णालीबीचको खेल केहीबेरमा सुरु हुँदैछ।

यसैबीच, एनपीएलको आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन भाषामा प्रत्यक्ष प्रसारण गर्ने जनाएको छ। दर्शकले नेपाली, अंग्रेजी र मैथिली भाषामा कमेन्ट्री सुन्न सक्नेछन्।

नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रसारण हुनेछ भने अंग्रेजी कमेन्ट्री हिमालय स्पोर्ट्स च्यानलबाट सुन्न सकिनेछ।

एनपीएलमा पहिलोपटक मैथिली भाषामा समेत प्रत्यक्ष कमेन्ट्रीको व्यवस्था गरिएको नेटवर्कले जनाएको छ। यो सुविधा भने जनकपुर बोल्ट्सले खेल्ने दिनमा मात्र उपलब्ध हुनेछ। जनकपुरको खेलका दिन हिमालय स्पोर्ट्स–२ बाट मैथिली भाषामा कमेन्ट्री प्रसारण गरिनेछ।

बहुभाषिक कमेन्ट्रीले विभिन्न भाषिक समुदायका क्रिकेट समर्थकलाई प्रतियोगितासँग थप जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको नेटवर्कले जनाएको छ।