October 11, 2026, Sunday
२०८३ आश्विन २५

कांग्रेस मतगणना : उपसभापतिमा चन्द्र भण्डारी, महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना जारी छ। हालसम्म ३ हजार ४३५ मत गणना हुँदा उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र महामन्त्री खुलातर्फ प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।

उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले १ हजार ६८६ मत प्राप्त गरेका छन्। ई. मधु आचार्य १ हजार ९० मतसहित दोस्रो स्थानमा छन् भने सुरेन्द्रराज पाण्डेले ९५५ मत प्राप्त गरेका छन्। गोविन्द भट्टराईले ९४१, धनराज गुरुङले ७१९, दीपक गिरीले ४९७ र प्रा.डा. चन्द्रमोहन यादवले २९९ मत पाएका छन्।

उपसभापति समावेशीतर्फ विनोदकुमार चौधरी ८९६ मतसहित अगाडि छन्। जीवन परियारले ८२९, फरमुल्लाह मंसुरले ४६९, रञ्जित कर्णले २७० र सीता गुरुङले २५१ मत प्राप्त गरेका छन्।

महामन्त्री खुलातर्फ प्रदीप पौडेलले २ हजार ५५ मतसहित फराकिलो अग्रता बनाएका छन्। उदयशमशेर राणाले १ हजार १५९, डा. सुनिलकुमार शर्माले ९३४, अमरसिंह पुन मगरले ८१९ र गुरुराज घिमिरेले ६७८ मत प्राप्त गरेका छन्। नैनसिंह महरले ४२८, शंकर तिवारीले ८२ र डा. सन्तोष उपाध्यायले ४९ मत पाएका छन्।

महामन्त्री महिलातर्फ डा. डिला संग्रौला (पन्त) १ हजार ५१७ मतसहित अगाडि छिन्। महालक्ष्मी उपाध्याय ‘डिना’ले १ हजार ३९८ मत प्राप्त गर्दा रीता खनालले ३६५ मत पाएकी छन्।

मतगणना जारी रहेकाले परिणाममा फेरबदल हुन सक्नेछ।