October 9, 2026, Friday
२०८३ आश्विन २३

कांग्रेस महाधिवेशन : पदाधिकारीमा हालसम्म कस-कसले दिए उम्मेदवारी ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा केन्द्रीय निर्वाचन समितिले मनोनयन दर्ताको प्रक्रिया अघि बढाइरहेको छ।

हालसम्मको प्रारम्भिक विवरणअनुसार कांग्रेसका पदाधिकारीमा उम्मेदवारीको संख्या उल्लेख्य देखिएको छ। विशेषगरी खुला उपसभापति, महामन्त्री र खसआर्यतर्फको सहमहामन्त्री पदमा प्रतिस्पर्धा बढेको छ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै पूर्व निर्धारित समयभन्दा २ घण्टा बढाएर साझ ६:०० बजेसम्म मनोनयन दर्ता गर्न सकिने जानकारी दिएकोछ।

यसअघि मनोनयन पत्र दर्ताका लागि मंगलबार अपराह्न ४ बजेसम्मको समय सीमा निर्धारण गरिएको थियो। तोकिएको समयावधिभित्रै मनोनयन पत्र दाखिल गर्न निर्वाचन समितिले सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्यलाई सूचित गरेको छ।

पदाधिकारीमा हालसम्म परेको उम्मेदवारी

सभापति

  • श्यामकृष्ण खड्गी

वरिष्ठ उपसभापति

  • विश्वप्रकाश शर्मा

उपसभापति (खुला)

  • डा. चन्द्रमोहन यादव
  • सुरेन्द्रराज पाण्डे
  • डा. मीनेन्द्र रिजाल
  • गोविन्द भट्टराई
  • देवराज चालिसे
  • मधुप्रसाद आचार्य

उपसभापति (समावेशी)

  • विनोद चौधरी
  • फरमुल्लाह मन्सुर
  • जीवन परियार

उपसभापति (महिला)

  • पुष्पा भुसाल

महामन्त्री (महिला)

  • डिला संग्रौला
  • रिता खनाल
  • महालक्ष्मी उपाध्याय ‘डिना’

महामन्त्री (खुला)

  • शंकर तिवारी
  • सुनिल शर्मा
  • नैनसिंह महर
  • प्रदीप पौडेल
  • गुरुराज घिमिरे

सहमहामन्त्री (महिला)

  • प्रतिमा गौतम

सहमहामन्त्री (खुला)

  • देवेन्द्रराज कँडेल

सहमहामन्त्री (पिछडिएको क्षेत्र)

  • जीवनबहादुर शाही
  • मीन भाम

सहमहामन्त्री (खसआर्य)

  • रामहरि खतिवडा
  • मनोजमणि आचार्य
  • रमेश धमला
  • अजयबाबु शिवाकोटी
  • जगदिश्वरनरसिंह केसी

सहमहामन्त्री (आदिवासी जनजाति)

  • बहादुरसिंह लामा

सहमहामन्त्री (थारु)

  • तेजुलाल चौधरी

सहमहामन्त्री (अल्पसंख्यक)

  • आङगेलु शेर्पा

सहमहामन्त्री (मुस्लिम)

  • अब्दुल सत्तर

सहमहामन्त्री (मधेशी)

  • अभिषेकप्रताप शाह