कैलाली-५ बाट महाधिवेशन प्रतिनिधिमा श्रमीक नेता नवीन रावल निर्वाचित, अरु को-को भए निर्वाचत ?

कैलाली । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट श्रमजीवी वर्गको प्रतिनिधित्व गर्दै नवीन रावल केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधि श्रमिक क्लस्टरतर्फ उम्मेदवारी दिएका रावलले २०३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
निर्वाचित भएपछि रावलले आफूलाई विश्वास गरी मतदान गर्ने कांग्रेसका नेता–कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि, वडा सभापति तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। उनले पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका रावल यसअघि नेपाल तरुण दल कैलालीका उपाध्यक्ष भइसकेका छन्। उनी नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेस कैलालीका कार्यसमिति सदस्यसमेत हुन्।
राजनीतिसँगै युवा व्यवसायमा सक्रिय रावल सामाजिक क्षेत्रमा पनि क्रियाशील छन्। विभिन्न सामाजिक संघसंस्थामार्फत सामाजिक गतिविधिमा सहभागी हुँदै आएका उनी युवामाझ सहयोगी र सामाजिक भावनाका व्यक्तिका रूपमा परिचित छन्।
कोरोना महामारीका क्रममा भारतबाट स्वदेश फर्किएका नेपालीलाई भन्सार क्षेत्रमा भोजन तथा यातायात व्यवस्थापनमा समेत रावल सक्रिय भएका थिए। त्यसबेला उनको सामाजिक सक्रियताको प्रशंसा भएको थियो।
श्रमजीवी तथा मजदुर वर्गका मुद्दालाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने उद्देश्यसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित रावलले आगामी दिनमा श्रमिक अधिकार, युवा सहभागिता र सामाजिक उत्तरदायित्वका विषयलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन्।
अन्य पदमा को-को भए निर्वाचत ?






प्रतिकृया दिनुहोस्