डोटी कांग्रेसबाट १५औँ नियमित महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत, को-को भए निर्वाचित ?

डोटी । नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनबाट डोटीका महाधिवेशन प्रतिनिधि सर्वसम्मत निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत डण्डीराज ओझाका अनुसार असोज २३ गते सम्पन्न जिल्ला अधिवेशनबाट १५औँ नियमित महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन्।
शुक्रबार डोटीको राजपुरमा सम्पन्न अधिवेशनले जिल्ला सभापतिमा बाजी सिंह खड्का ‘विजय’ सर्वसम्मत निर्वाचित भएका थिए। प्रदेश निर्वाचन क्षेत्र ‘क’ को सभापतिमा नन्द सिंह धामी र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा शेरबहादुर बम पनि सर्वसम्मत निर्वाचित भएका थिए।
१५औँ केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिसँगै प्रदेश महाधिवेशन प्रतिनिधिसमेत सर्वसम्मत चयन गरेको ओझाले जानकारी दिए।
जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएका महाधिवेशन प्रतिनिधिहरूले अब नेपाली कांग्रेसको १५औँ नियमित महाधिवेशनमा डोटीको प्रतिनिधित्व गर्नेछन्।







प्रतिकृया दिनुहोस्