सरकारले प्रतिशोध साँध्यो, कानुनी लडाइँ लड्छु : पूर्व गृहमन्त्री लेखक
काठमाडौँ : जेन–जी आन्दोलनमा दमन गरिएको भन्दै गौरीबहादुर कार्कीको आयोगको कारबाहीका सिफारिसमा पक्राउ परेका पूर्व गृहमन्त्री रमेश लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । पक्राउपछि कान्तिपुरसँग कुरा गर्दै लेखकले सरकारले पूर्वाग्रहपूर्ण तरिकाले प्रतिशोध साँध्न पक्राउ गरेको प्रतिक्रिया दिएका हुन्...






