October 17, 2026, Saturday
२०८३ कार्तिक १

कांग्रेसको १५औँ महाधिवेशन : सभापतिदेखि केन्द्रीय सदस्यसम्म २३१ निर्वाचित (मतसहितको विवरण)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतपरिणाम सार्वजनिक भएको छ। सभापतिदेखि विभिन्न क्लस्टरका केन्द्रीय सदस्यसम्म २३१ जना निर्वाचित भएका छन्।

कांग्रेसले महाधिवेशनबाट निर्वाचित सबै पदाधिकारी तथा केन्द्रीय सदस्यको मतपरिणाम आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो।

सभापतिमा गगनकुमार थापा भारी मतसहित निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा सर्वसम्मत चयन भएका छन् भने महिला उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित भएकी छन्।

उपसभापतिको खुलातर्फ चन्द्रकान्त भण्डारी र मधु आचार्य तथा समावेशीतर्फ विनोद चौधरी निर्वाचित भएका छन्।

महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन्।

सहमहामन्त्रीतर्फ खुला समूहबाट रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित भएका छन्। महिला सहमहामन्त्रीमा प्रतिमा गौतम, आदिवासी जनजातितर्फ बहादुरसिंह लामा, दलिततर्फ प्रकाश रसाइली ‘स्नेही’, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही तथा मुस्लिमतर्फ डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्।

यसैगरी खस–आर्यतर्फ मनोजमणि आचार्य, मधेशीतर्फ अजयकुमार चौरसिया र थारुतर्फ योगेन्द्र चौधरी सहमहामन्त्री निर्वाचित भएका छन्।

कांग्रेसको संशोधित विधानअनुसार केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुने व्यवस्था छ। महाधिवेशनबाट सभापतिसहित विभिन्न पदमा २३१ जना निर्वाचित भएका हुन्। बाँकी पदमा सभापतिले विधानअनुसार मनोनयन गर्ने व्यवस्था छ।

सभापतिले चार सहमहामन्त्री, ६६ केन्द्रीय सदस्य, कोषाध्यक्ष, प्रवक्ता तथा आवश्यकता अनुसार सहप्रवक्ता मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ।

कांग्रेसले सार्वजनिक गरेको आधिकारिक नतिजामा सभापतिदेखि केन्द्रीय सदस्यसम्म निर्वाचित सबै उम्मेदवारको नाम, पद/क्लस्टर र प्राप्त मतसमेत समावेश गरिएको छ।

निर्वाचित २३१ जनाको पूर्ण नामावली र प्राप्त मत कांग्रेसको आधिकारिक नतिजा यहाँ क्लिक गरेर हेर्न सकिन्छ।