April 30, 2026, Thursday
२०८३ बैशाख १७

गृह पृष्‍ठ

सत्तारूढ मुख्य दुई दल कांग्रेस-एमाले सत्तामा साझा, मुद्दामा टाढा

सत्तारूढ मुख्य दुई दल कांग्रेस-एमाले सत्तामा साझा, मुद्दामा टाढा

काठमाडौँ : सत्तारूढ मुख्य दुई दल कांग्रेस र एमालेबीचमै नीतिगत तथा कानुन निर्माणसम्बन्धी मुद्दामा असमझदारी बढ्दै गएको छ । गठबन्धन निर्माणको मुख्य आधार–एजेन्डाका रूपमा प्रस्तुत गरिएको संविधान संशोधनको विषयमै दुई दलका फरक अडान र प्राथमिकता सतहमै देखिन थालेका छन् । संविधान संशोधनका विषयमा कांग्रेसले तत्काल कार्यदल गठन गरेर संशोधनका बुँदा पहिचान गर्नुपर्ने अडान राख्दै आएको छ भने…

फेरि भयावह बन्न थाल्यो पशुमा लम्पी स्किन संक्रमण

फेरि भयावह बन्न थाल्यो पशुमा लम्पी स्किन संक्रमण

काठमाडौँ : करिब साढे दुई वर्षअघि महामारीको रूप लिएको लम्पी स्किन रोग अहिले फेरि तीव्र बनेको छ । साउन २६ सम्मको पशु सेवा विभागको विवरणअनुसार लम्पी रोग ३३ जिल्लामा फैलिइसकेको छ । ३१ हजार ३ सय ६४ पशु रोगबाट प्रभावित भएकामा १ हजार ५० पशु मरेका छन् ।  ‘झापाको मेचीनगरको केही गाउँमा देखिएको लम्पी अहिले तीव्र रूपमा फैलिएको…

  • बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो

    बैतडी : हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।  हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए।...

  • कैलाली कारागारमा अन्यौल कायमै, फेरि फेरिए जेलर

    कैलाली कारागारमा अन्यौल कायमै, फेरि फेरिए जेलर

    धनगढी : कैलाली कारागारका फेरि जेलर फेरिएका छन्। गत शुक्रबार राति कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनापछि काजमा आएका जेलरजालन्धर भुसालको हप्ता दिनको काज सकिएर फेरि अर्को जेलर आएका हुन। नयाँ कारागारको जेलरका रूपमा प्रकाश ढुंगानालाई पठाइएको छ। कारागार व्यवस्था विभागले...

  • दुर्गमको सेवामा पूर्व प्रशासक आत्माराम पाण्डे

    दुर्गमको सेवामा पूर्व प्रशासक आत्माराम पाण्डे

    धनगढी : धनी होस् या गरिब, ओहोदा ठुलो होस् वा सानो। कतिपयले आफूलाई दुरदराजका बासिन्दासँगको सम्बन्धलाई जीवन्त बनाइराख्न चाहिरहेका हुन्छन्। सकेको योगदान गर्ने चाहना र प्रयास गरिरहेका हुन्छन् । त्यसैमा उनीहरूले आनन्दानुभूति महसुस गरिरहेका हुन्छन् । स्वयंसेवीका रूपमा दुर्गमका लागि केही न...

  • अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध

    अविरल वर्षाका कारण साँफे-मार्तडी राजमार्ग अवरुद्ध

    बाजुरा : अविरल वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ। शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे– मार्तडी राजमार्ग अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले अविरल...

  • डोली बोकेर पन्ध्रौँ पटक बडिमालिका पुगेका पुजारी

    डोली बोकेर पन्ध्रौँ पटक बडिमालिका पुगेका पुजारी

    जुम्ला : जुम्लाको चन्दननाथ नगरपालिका-९ श्रीढुस्का गाउँका विष्णुप्रसाद रेग्मी निरन्तर पन्ध्रौँ पटक डोली बोकेर बडिमालिका पुगे। ६० वर्षका रेग्मी अहिलेसम्म नियमित बडिमालिका जाने एकमात्र पुजारी हुन्। पहिले पुजारी आलोपालो गर्थे।  हरेक वर्ष पुजारी खोज्नुपर्ने समस्या थियो। जब उनले जुम्लाको सरकारी...

  • श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् : प्रधानमन्त्री ओली

    श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् : प्रधानमन्त्री ओली

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीकृष्णको शिक्षाले सबैको जीवनलाई आलोकित बनाओस् भनि शुभकामना दिइका छन् । कृष्ण जन्माष्टमीको अबसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। शनिबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीले शुभकामना व्यक्त गरेका हुन्। उनले श्रीकृष्णको शिक्षाले सबैको...