October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

एनपीएल ३ : सुदूरपश्चिमले टस जितेर पोखराविरुद्ध रोज्यो फिल्डिङ

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पोखरालाई पहिले ब्याटिङको निम्तो दिएका हुन्।

सुदूरपश्चिमको यो दोस्रो खेल हो। पहिलो खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग पराजित भएको थियो। त्यसैले टोली पोखराविरुद्ध पहिलो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ।

पोखरा एभेन्जर्सका लागि भने यो सिजनको पहिलो खेल हो। टोली पनि विजयी सुरुवात गर्ने योजनामा छ।