जबरालाई आफन्तको जिम्मा लगाएर पठाइयो, ‘सुरक्षा खतरा’बारे प्रहरी अझै मौन
काठमाडौं । महाराजगञ्जस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई आफन्तको जिम्मा लगाएर पठाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जबरालाई आफन्तको जिम्मा लगाइएको पुष्टि गरे। आइतबार बिहान करिब ३ बजे जबरा र उनका परिवारका सदस्यहरू सुतिरहेका...


