अंग्रेजी शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलित, प्रधानाध्यापकसहित शिक्षकलाई कार्यकक्षमै थुने
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१८ स्थित इन्द्रोदय आधारभूत विद्यालयका विद्यार्थीले अंग्रेजी शिक्षकको माग गर्दै प्रधानाध्यापकसहित शिक्षकहरूलाई कार्यकक्षभित्रै थुनेका छन्। विद्यालयमा विगत तीन महिनादेखि अंग्रेजी विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन्। पटक–पटक अंग्रेजी शिक्षकको व्यवस्था गर्न...


