September 1, 2026, Tuesday
२०८३ भाद्र १६

पनेबाजमा पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध

बैतडी । दार्चुलाको पनेबाजमा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ। सोमबार दिउँसो करिब साढे २ बजे पहिरो खसेपछि राजमार्गमा यातायात ठप्प भएको हो।

राजमार्ग अवरुद्ध भएपछि दार्चुलाबाट छुट्ने छोटो तथा लामो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्।

पहिरो निरन्तर झरिरहेकाले तत्काल पन्छाउन नसकिएको सडक डिभिजन कार्यालय बैतडीले जनाएको छ। पहिरो रोकिएपछि सडक खुलाउन पन्छाउने काम सुरु गरिने कार्यालयका सूचना अधिकारी कपिलप्रसाद पन्तले जानकारी दिए।