September 2, 2026, Wednesday
२०८३ भाद्र १७

शैलेश्वरी यातायात डोटीद्वारा भोटेकोशी बाढीपीडितलाई १ लाख ५ हजार सहयोग

डोटी । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि शैलेश्वरी सार्वजनिक यातायात डोटीले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको छ।

शैलेश्वरी सार्वजनिक यातायात डोटीले उक्त रकमको चेक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाललाई हस्तान्तरण गरेको हो।

चेक बुझ्दै प्रमुख जिल्ला अधिकारी घिमिरे नेपालले विपत्तिका बेला सबैले आ–आफ्नो क्षमताअनुसार सहयोग गरिरहेको बताइन्।

शैलेश्वरी सार्वजनिक यातायात डोटीका अध्यक्ष केपी माझीले भोटेकोशी बाढी प्रभावित नागरिकको पुनःस्थापना तथा व्यवसाय पुनःसञ्चालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले रकम प्रदान गरिएको बताए।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन्।