विद्या भण्डारीलाई एमालेको वरिष्ठ नेता बनाउने ओलीको प्रस्ताव, केन्द्रीय समितिबाट अनुमोदन हुने
काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारीलाई नेकपा एमालेको वरिष्ठ नेता बनाउने प्रस्ताव गरिएको छ। बिहीबार बसेको पार्टी सचिवालय बैठकले भण्डारीलाई वरिष्ठ नेतामा मनोनीत गर्ने प्रस्ताव गरेको हो। एमाले नेता माधव ढुंगेका अनुसार सचिवालयको प्रस्तावलाई अब बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ।...


