September 24, 2026, Thursday
२०८३ आश्विन ८

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा बिहान १० बजे सचिवालय तथा ललितपुरस्थित एक पार्टी प्यालेसमा मध्याह्न १२ बजे केन्द्रीय कमिटी बैठक बस्ने पार्टी प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय कमिटी सदस्यहरूले दिएका सुझावलाई समेट्ने विषयमा छलफल हुने आचार्यले बताए।

उनका अनुसार बैठकमा स्थायी कमिटी र पोलिटब्युरो गठनलगायत संगठनात्मक विषयमा समेत छलफल हुनेछ।

सचिवालय बैठक सम्पन्न भएपछि केन्द्रीय कमिटी बैठक सुरु हुनेछ। गत ५ असोजदेखि जारी केन्द्रीय कमिटी बैठक आजै सम्पन्न गर्ने तयारी रहेको एमालेले जनाएको छ।