कांग्रेसमा समानान्तर महाधिवेशनको तयारी तीव्र: देउवा समूहले ५५ जिल्लामा खटायो संयोजक, कुन जिल्लामा को ?

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारीलाई जिल्ला तहसम्म विस्तार गर्दै ५५ जिल्लामा संयोजक तोकेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ महाधिवेशन तयारी समितिमार्फत जिल्ला संयोजकहरू तोकिएका हुन्। कोइरालाले नै हस्ताक्षर गरेर जिल्ला संयोजकहरूलाई जिम्मेवारीको पत्र दिइरहेका छन्।
कांग्रेस नेता एनपी साउदका अनुसार हालसम्म कोशीका ८, बागमतीका ११, गण्डकीका ८, लुम्बिनीका १२, कर्णालीका ८ र सुदूरपश्चिमका ८ जिल्लामा संयोजक तोकिएका छन्। मधेस प्रदेशका कुनै पनि जिल्लामा भने अहिलेसम्म संयोजक तोकिएको छैन।
कोशी प्रदेश : ८ जिल्ला
पाँचथरमा डेकेन्द्रकुमार तामाङ, झापामा कृष्ण हुमागाईं, संखुवासभामा रामकुमार जीसी, भोजपुरमा धर्मराज राई, मोरङमा सुभाष पौडेल, खोटाङमा रोजन राई, ओखलढुंगामा बालगोविन्द राजभण्डारी र उदयपुरमा बसन्त बस्नेतलाई संयोजक तोकिएको छ।
मोरङमा विनायक पन्त र उदयपुरमा गोविन्द चाम्लिङलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ।
बागमती प्रदेश : ११ जिल्ला
दोलखामा ताराबहादुर खड्का, रामेछापमा जीतबहादुर मगर, रसुवामा उपेन्द्र लम्साल, धादिङमा गोपाल बिक, नुवाकोटमा श्रीराम श्रेष्ठ, सिन्धुपाल्चोकमा लालकाजी तामाङ, चितवनमा मिलन श्रेष्ठ, मकवानपुरमा भीम लामा, भक्तपुरमा दुर्लभ थापा, ललितपुरमा सुदर्शन घिमिरे र काठमाडौंमा जयकृष्ण महर्जनलाई संयोजक बनाइएको छ।
दोलखामा जयराम श्रेष्ठलाई सहसंयोजक तोकिएको छ। भक्तपुरका संयोजक दुर्लभ थापा यसअघि जिल्ला सभापति थिए।
गण्डकी प्रदेश : ८ जिल्ला
गोरखामा भुगोल थापा, लमजुङमा रामकृष्ण कँडेल, कास्कीमा ऋषिराम काफ्ले, मनाङमा नाचोङ गुरुङ, पर्वतमा रामकृष्ण मल्ल, म्याग्दीमा हिराबहादुर पुन मगर, बागलुङमा सागर छन्त्याल र नवलपुरमा अशोक बस्ताकोटीलाई संयोजक तोकिएको छ।
लुम्बिनी प्रदेश : १२ जिल्ला
नवलपरासी पश्चिममा विकाश घिमिरे, रुपन्देहीमा गुनाखर भुर्तेल, कपिलवस्तुमा अब्दुल मन्नान खाँ, पाल्पामा माधव नेपाल, अर्घाखाँचीमा लक्ष्मण पाण्डे, गुल्मीमा बेदबहादुर थापा, रुकुम पूर्वमा दत्तबहादुर बस्नेत, रोल्पामा मानबहादुर खत्री, प्यूठानमा ईश्वरसिंह विष्ट, दाङमा गोपालराज शर्मा, बाँकेमा कृष्ण कार्की र बर्दियामा जग्गाप्रसाद पाण्डेलाई संयोजक तोकिएको छ।
कर्णाली प्रदेश : ८ जिल्ला
डोल्पामा देउप्रसाद बुढा, जुम्लामा हेम बुडथापा, मुगुमा कर्ण रावल, हुम्लामा सूर्यबहादुर शाही, कालिकोटमा मातृका सिंह, जाजरकोटमा राजजंग शाह, दैलेखमा मीनबहादुर विश्वकर्मा (मिलन) र सुर्खेतमा ललित भट्टराईलाई संयोजक तोकिएको छ।
सुदूरपश्चिम प्रदेश : ८ जिल्ला
बाजुरामा धनराज पण्डित, बझाङमा हर्कजंगबहादुर सिंह, डोटीमा नरेन्द्रबहादुर सिंह, दार्चुलामा सुरेन्द्र अवस्थी, बैतडीमा वीरबहादुर विष्ट, डडेलधुरामा डिल्लीराज जोशी, कञ्चनपुरमा पदम बोगटी र कैलालीमा खेमबहादुर डगौरा थारूलाई संयोजक बनाइएको छ।
कैलालीमा रामसमझ रानालाई सहसंयोजक तोकिएको छ। कञ्चनपुरका संयोजक पदम बोगटी र डोटीका नरेन्द्रबहादुर सिंह यसअघि जिल्ला सभापति थिए। देउवा समूहले सुदूरपश्चिमका आठ जिल्लामा संयोजक तोके पनि अछाममा बाँकी छ ।
मधेसमा अहिलेसम्म संयोजक छैन
देउवा समूहले ६ प्रदेशका ५५ जिल्लामा संयोजक तोके पनि मधेस प्रदेशका आठवटै जिल्लामा अहिलेसम्म संयोजक तोकेको छैन। बाँकी जिल्लामा पनि क्रमशः जिम्मेवारी तोक्ने तयारी रहेको समूहले जनाएको छ।
जिल्ला संयोजकहरूले सम्बन्धित जिल्लामा वडा अधिवेशनदेखि पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश तहका अधिवेशनका लागि संगठनात्मक तयारी अघि बढाउनेछन्।
एउटै पार्टी, दुई अलग महाधिवेशन प्रक्रिया
कांग्रेसमा महाधिवेशनलाई लिएर संस्थापन र देउवा समूहले अलग–अलग कार्यतालिका अघि सारेका छन्। संस्थापन पक्षले असोज ३ बाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रक्रिया अघि बढाएको छ।
देउवा समूहले भने असोज १५ गते वडा अधिवेशन सुरु गरी मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। वडा, पालिका, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनसम्मको छुट्टै प्रक्रिया अघि बढाउने उसको तयारी छ।
पूर्वसभापति देउवाले संस्थापन पक्षबाट सुरु भएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गर्दै आफ्नो समूहले मंसिरमा गर्ने महाधिवेशनको तयारीमा जुट्न आह्वान गरेका छन्। यता गगन थापा नेतृत्वको पक्षले आफ्नो महाधिवेशन प्रक्रिया अघि बढाइसकेको छ।
देउवा समूहभित्रै भने समानान्तर प्रक्रियालाई लिएर सबै नेता एकमत छैनन्। केही नेताहरू संस्थापन पक्षको महाधिवेशन प्रक्रियामा सहभागी हुनेतर्फ अघि बढेका छन्। यसबीच ५५ जिल्लामा संयोजक तोकिएसँगै देउवा समूहले आफ्नो समानान्तर महाधिवेशनको


