October 23, 2026, Friday
२०८३ कार्तिक ८

डोटी कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत सबै तहका अधिवेशन सम्पन्न गर्‍यो, को को भए निर्वाचित ?

डोटी । नेपाली कांग्रेस डोटीले १५औँ महाधिवेशनअन्तर्गत जिल्लाका सबै तहका अधिवेशन सम्पन्न गरेको छ । जिल्ला अधिवेशन भने १५औँ महाधिवेशनपछि हुने कांग्रेस डोटीले जनाएको छ ।

असोज ३ र ४ गते वडा तथा असोज ७ गते गाउँपालिका–नगरपालिका अधिवेशन सम्पन्न गरेको कांग्रेसले भारी वर्षाका कारण एक दिन ढिलो गरी असोज ११ गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु गरेको थियो । अधिवेशन असोज १३ गते सर्वसम्मत रूपमा सम्पन्न भएको हो ।

क्षेत्रीय अधिवेशनबाट विभिन्न क्लस्टरतर्फ ३४ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रदेशसभा ‘क’ र ‘ख’ बाट २४–२४ जना प्रदेश प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रदेशसभा ‘क’ क्षेत्रीय सभापतिमा गणेश मलासी र ‘ख’ क्षेत्रीय सभापतिमा बुद्धिसागर बिनाडी निर्विरोध निर्वाचित भएका छन् ।

को को भए निर्वाचित ?