August 14, 2026, Friday
२०८३ श्रावण २९

बाजुरामा रोकिराखेको बसमाथि बजारियो ढुंगा

बाजुरा : बाजुरामा रोकिराखेको बसमाथि ढुंगा बजारिएको छ । प्रहरीका अनुसार बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा रोकिराखेको बसमाथि ढुंगा बजारिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार भे १ ख २८३१ नम्बरको रोकिराखेको बसमाथि ढुंगा बजारिएको जानकारी दिएकि हुन ।

उनका अनुसार, बसमा कोही पनि रहेका थिएनन् । बस सडकमा नचढेपछि सबै यात्रुलाई ओरालिएको थियो । सोही बेलामा माथिबाट ढुंगा झरेर बसमा लाग्न पुगेको डीएसपी बोहराले बताइन् ।