बाजुरामा जीप दुर्घटनाहुदाँ दुई जनाको मृत्यु, सात जना घाइते

बाजुरा : बाजुरा : बाजुरामा सोमबार दिउँसो जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ। बाजुराको हिमाली गाउँपालिका–५, क्युडीस्थित कुवाडी–क्युडी भित्री कच्ची सडकखण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो ।
हिमाली गाउँपालिका-५, धुलाचौरबाट दुधिला खोलातर्फ जाँदै गरेको सु.प्र.प्र. ०१–००१ ज १४७८ नम्बरको जीप सोमबार सडकको माथिल्लो मोडबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार दुर्घटनामा चालकसहित सातजना घाइते भएका छन् । बेलुकी साढे ७ बजेतिर हिमाली गाउँपालिका–२ का ४० वर्षीय धर्मलाल बुढा र हुम्ला जिल्लाको ताजाकोट गाउँपालिका–५ का ४० वर्षीय अम्मरसिंह बुढाको उपचारका क्रममा कोल्टी आधारभूत अस्पताल, बाजुरामा मृत्यु भएको हो ।
दुर्घटनामा हिमाली गाउँपालिका–२ बस्ने ४० वर्षीय धर्मलाल बुढा र हुम्लाको ताजाकोट गाउँपालिका–५ का अन्दाजी ४० वर्षीय अम्मरसिंह बुढाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा चालक बाजुराको हिमाली गाउँपालिका–२, नातीखोला बस्ने २५ वर्षीय जनविर बुढा, सोहीका ३१ वर्षीय मिजरा बुढा, हुम्लाको ताजाकोट गाउँपालिका–५ बस्ने २० वर्षीया अस्मिता थापा, सोहीका २८ वर्षीया जंगसिंह बुढा, २० वर्षीय गोरख रोकाया, २७ वषीय लोकेन्द्र बुढा, ९ वर्षीया सुस्मा बुढा घाइते छन् ।
दुर्घटनामा परेर घाइते भएकाहरूको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।





प्रतिकृया दिनुहोस्