July 25, 2026, Saturday
२०८३ श्रावण १०

बडीमालिका दर्शन गरी फर्किने क्रममा भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा : बडीमालिका दर्शन गरेर फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेका छन् ।

प्रहरी नायव उपरीक्षक हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन्।

राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको प्रनाउ हवारीले बताए। लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ।

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ।