प्रकृतिको अनुपम उपहार–जोरायल ।

चारैतिर सुरम्य पहाडहरु । ती पहाडका काँपकाँपबाट छिँचोलिदै कलकल बग्ने खोलाहरु । ती खोलालाई सुन्दरता प्रदान गर्न असरल्ल फिँजिएको सुन्दर फाँट । जहाँ छ असंख्य जीवनहरु र सुन्दर मानवबस्ती ।
जोरायलको परिचय यत्तीमा सिमित रहन्न । खुट्ट्याउदै जाने हो भने, जोरायलको परिचय अनेकन हुनसक्छ ।
खुल्ला आँखाले निहार्ने हो भनेपनि जोरायलको हामी अनेकथरी परिचय भेट्टाउन सक्छौ । प्रकृतिले जोरायललाई धेरैथोक दिएको छ । जसको सुन्दरतामा हरकोही मन्त्रमुग्ध हुन्छ । जोरायललाई प्रकृतिको बरदान मान्न हर कोही असहज नमान्न सक्छ । (फोटोहरुः दीपक खड्का)
प्रतिकृया दिनुहोस्