April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपाल टेलिकमको जीप दुर्घटना : घटनास्थलमै तीन जनाको मृत्यु, दुईजना घाइते

बाजुरा । नेपाल टेलिकमको जीप दुर्घटनामा परेको छ। बाजुरा जिल्लाको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा टेलिकमको जीप दुर्घटना हुदाँ तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरिक्षक (डीएसपी) इकवाल हवारीले फिल्ड गइरहेको बा ५ च २२०९ नम्बरको जीप बिहान ९:३० को समयमा सडकबाट ८० मिटर तल खसेको जानकारी दिए । उनका अनुसार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।

सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेक जोराका अनुसार दुर्घटनामा नेपाल टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्का, चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको छ ।

उनकाअनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो । जीव दुर्घटनामा परी दुईजना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् । उनीहरूलाई उपचारका लागि कोल्टी पठाइएको उनले बताए।