दार्चुलामा भीरबाट खसेर प्रधानाध्यापक महराको मृत्यु

दार्चुला । दार्चुलामा भीरबाट खसेर एक प्रधानाध्यापकको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रबार दिउँसो चार बजेको समयमा ३५ वर्षीय दलवीर महराको भिरबाट लडेर मृत्यु भएको हो।
अपिहिमाल गाउँपालिका–६ मा भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक महरा विगत ८ वर्षदेखी काम गर्दै आएका थिए। त्यहाँ उनी डेरामा बस्दै आएका बताइएको छ। उनको घर भने दार्चुलाकै मार्मा गाउँपालिका–२ रहेको छ।
शुक्रबार दिउँसो विद्यालयबाट डेरा पुगेर बिहेको निम्तो आएपछि त्यहाँ जानेक्रममा उनी भीरबाट खसेको अपिहिमाल गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरेले बताए । उनका अनुसार भिरबाट करिब ५० मिटर तल खसेका कारण महराको घटनास्थलमै मृत्यु भएको हो।
‘यतातिर धेरै भरिलो अप्ठ्यारो बाटो छ, भीरबाटै खसेर यहाँ धेरैले ज्यान गुमाएका छन्, उहाँको पनि घटनास्थलमै मृत्यु भयो,’ उनले भने। प्रधानाध्यापक महराका श्रीमती, दुई छोरा, दुई छोरी रहेका छन्।





प्रतिकृया दिनुहोस्