September 11, 2026, Friday
२०८३ भाद्र २६

विपत्तिको घडीमा धनगढीका साहित्यकारको मानवीय पहल, प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा ८४ हजार जम्मा

धनगढी । राष्ट्रिय विपत्तिको यस दुःखद क्षणमा धनगढीमा रहेका लेखक तथा साहित्यकारहरूले मानवीय सहयोगको उदाहरण प्रस्तुत गरेका छन्। सुदूरपश्चिमाञ्चल साहित्य समाजको पहलमा साहित्यकारहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा एकमुष्ट ८४ हजार ४२० रुपैयाँ सहयोग गरेका छन्।

‘राष्ट्रिय विपत्तिको यस दुःखद क्षणमा कलमबाट अक्षर होइन, आँसु झर्छ’ भन्दै साहित्यकारहरूले प्राकृतिक विपत्तिबाट पीडित नागरिकप्रति ऐक्यबद्धता जनाएका हुन।

उनीहरूले राष्ट्रको जुनसुकै भागमा आउने प्राकृतिक प्रकोप सबै नेपालीको साझा विपत्ति भएको उल्लेख गर्दै सङ्कटको यस घडीमा सुरक्षित रहन र विपत्तिबाट बाँचेकाहरूको घाउमा मल्हम लगाउन सबैलाई आग्रह गरेका छन्।

सुदूरपश्चिमाञ्चल साहित्य समाज उपाध्यक्ष टोपेन्द्र शाह ‘रसिक’ का अनुसार साहित्यकारहरूले सहयोग सानो भए पनि पीडितसमक्ष पुग्ने विश्वास व्यक्त गर्दै मानवीय र राष्ट्रिय धर्म निर्वाह गर्न लेखक, कवि तथा कलाकारसहित सबैमा सहयोगका लागि हार्दिक अपिल गरेका छन्।

सहयोग गर्ने साहित्यकारहरूमा रामलाल जोशी–लक्ष्मी ओझा (जोशी) १८ हजार १०५, कवि मनिराज जोशी १० हजार, दुर्गा बम मल्ल, हेमराज मिश्र ‘आँसु’ र भानुभक्त चौधरीले जनही ५ हजार ५ रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै श्रेष्ठप्रिया पत्थर र टोपेन्द्र शाहले जनही ३ हजार १००, हेमन्ती जोशी ३ हजार, प्रभाकर भण्डारी र तीर्थ भण्डारी ‘गडसेरी’ले जनही २ हजार ५०० रुपैयाँ सहयोग गरेका छन्। अन्य साहित्यकार, कवि तथा पत्रकारहरूले पनि आफ्नो क्षमताअनुसार सहयोग गरेका छन्।

साहित्यकारहरूले प्राकृतिक प्रकोपबाट पीडित परिवारको पीडामा साथ दिन देशभरका लेखक, कवि, कलाकार तथा सर्वसाधारणलाई समेत सहयोगका लागि आह्वान गरेका छन्। विपत्तिको समयमा साहित्य केवल शब्दमा सीमित नभई मानवीय संवेदनासँग जोडिनुपर्ने सन्देश रहेको सुदूरपश्चिमाञ्चल साहित्यका समाज कार्यसमिति सदस्य पुष्पराज जोशी पुकाारले बताए ।

सहयोग गर्ने साहित्यकारहरू :

१. श्रीमान् /श्रीमतीरामलाल जोशी

लक्ष्मी ओझा ( जोशी) रू १८,१०५ /-

२. कवि मनिराज जोशी रू १०,०००/-

३. दुर्गा बम मल्ल रू ५००५/-

४. हेमराज मिश्र आँसु रू ५००५/-

५. भानुभक्त चौधरी रू ५००५/-

६. साहित्यकार श्रेष्ठप्रिया पत्थर रू ३१००/-

७. साहित्यकार टोपेन्द्र शाह रू ३१००/-

८. साहित्यकार हेमन्ती जोशी रू३०००/-

९. ” प्रभाकर भण्डारी रू २५००/-

१०. ” तीर्थ भण्डारी गडसेरी रू २५००/-

११. कवि वासुदेव पाण्ड्ये रू २१००/-

१२. प्रेम विवश चन्द रू २१००/-

१३. सिजन बम रू २१००/-

१४. गजलकार तारा भट्ट पल्लवी रू २००५/-

१५. गजलकार उषा जोशी रू २००५/-

१६. कवि जनक रसिक रू २०००/-

१७. साहित्यकार पुष्पराज पाण्ड्ये रू ११५५/-

१८.कवि पद्मराज प्रभात रू ११००/-

१९. साहित्यकार किरण आचार्य रू ११००/-

२०. ” पुष्कर पन्त रू ११००/-

२१.” पदमराज जोशी भारद्वाज रू ११००/-

२२. ” चित्रराज भट्ट रू ११००/-

२३ . साहित्यकार गणेश नेपाली रू ११००/-

२४. कवि/पत्रकार पुष्पराज जोशी रू १००५/-

२५. कवि पत्रकार यज्ञराज जोशी रू १००५/-

२६. साहित्यकार पदम राना रू १००५/-

२७. ” नवराज ओझा रू १००५/-

२८. ” मानबहादुर साउँद रू १००५/-

२९. ” शान्ति जोशी रू १००५/-

३०. ” सानु चौधरी रू १००५/-