September 3, 2026, Thursday
२०८३ भाद्र १८

जेसीज एभरेस्ट माविले भोटेकोशी बाढीपीडितका लागि १ लाख १ हजार सहयोग

धनगढी । भोटेकोशीमा आएको भीषण बाढीबाट विस्थापित तथा प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका लागि जेसीज एभरेस्ट माध्यमिक विद्यालय धनगढी परिवारले १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न संघसंस्था, विद्यालय, व्यवसायी तथा सर्वसाधारणले सहयोग गरिरहेका बेला जेसीज एभरेस्ट माध्यमिक विद्यालयका शिक्षक–विद्यार्थीले पनि आफ्नो तर्फबाट सहयोग गरेका हुन्।

मानवीय भावनाले सहयोग गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति विद्यालयका कार्यकारी निर्देशक करुणाकर पाण्डेले आभार व्यक्त गरेका छन्।