बझाङमा पहिरोले घर पुरिदाँ ४ जनाको मृत्युु, ६ जनाको जीवितै उद्धार

धनगढी । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर बझाङमा चार जनाको मुत्यु भएको छ । बझाङको बुङ्गल नगरपालिका–१० स्थित टुमेडा गाउँमा पहिरो जाँदा घर पुरिएरचारजनाको मृत्यु भएको हो । भने छ जनाको उद्घार गरिएको छ ।
बझाङका सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा बुङ्गल–१० का टुमेडाका काली धामी, गोल्की धामी, आकृति धामी, र लक्ष्मी धामी रहेका छन् ।
गए राति गएको पहिरोमा घर पुरिँदा चारजनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताइन् । उनले भने, ‘चारजनाको मृत्यु भएको र छ जनाको उद्घार गरिएको छ, हामी राहत सामग्री लिएर प्रभावित क्षेत्रमा जाँदैछौँं ।
पहिरोमा परी पुरिएका शव स्थानीय र प्रहरीको टोलीको सक्रियतामा बिहान निकालिएको हो । पहिरोमा पुरिएका अन्य छजनाको जीवितै उद्घार गरिएको छ । वीरबहादुर धामी, उज्जल धामी, रोशन धामी, कमला धामी, अम्बादत्त जोशी र शान्ति धामीको जीवितै उद्धार गरिएको छ ।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे पहिरो खसेको थियो। जोशीका अनुसार प्रहरी र स्थानीयको टोलीले बिहान ७:२० बजे क्षतिग्रस्त घरबाट शव निकालेको हो।





प्रतिकृया दिनुहोस्