बझाङमा कांग्रेस-एमालेबीच कडा टक्कर
- Eraibar
- २०८१ बैशाख १७, सोमबार ०६:३४
- 15 Shares

बझाङ: बझाङ प्रदेश सभा क्षेत्र नंं. १ मा चलिरहेको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच भारी प्रतिस्पर्धा भइरहेको छ । हिजो मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका एमालेका दमनबहादुर भण्डारी मध्यरातबाट ओरालो लागेका छन् । बिहानसम्म आइपुग्दा कांग्रेसका अभिषेक सिंहले झिनो अग्रता लिएका छन् ।
सिंहले ७ हजार ४९२ मत प्राप्त गर्दा एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । दुबैबीचको मतान्तर २६४ छ । यस्तै माओवादी केन्द्रका जनक बुढाले दुई हजार ८९५, नेकपा एसका दिल बहादुर सिंहले दुई हजार १०२ मत पाएका छन् ।
हालसम्म छबिसपाथिभेरा गाउँपालिका ,थलारा गाउँपालिका वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका, जयपृथ्वी नगरपालिका र सुर्मा गाउँपालिकाको मत गणना सकिएको छ ।
-
कांग्रेस उम्मेदवार बिष्टद्वारा निर्वाचन खर्च सार्वजनिक
२०८२ फाल्गुन २७, बुधबार १३:२८ -
किन बढारिए पुराना दल ?
२०८२ फाल्गुन २६, मंगलवार १०:२३ -
इलाका प्रहरी कार्यालय टीकापुरको हाताभित्र प्रहरी जवान मृत भेटिए
२०८२ फाल्गुन २६, मंगलवार १०:३६ -
प्रतिनिधि सभा निर्वाचन : प्रत्यक्षमा १६५ क्षेत्रको परिणाम आउँदा समानुपातिकको १३ निर्वाचन क्षेत्रमा गणना हुँदै
२०८२ फाल्गुन २६, मंगलवार १०:५७ -
आजको मौसम : दिनभर बादल लाग्ने
२०८२ फाल्गुन २६, मंगलवार १०:१८





प्रतिकृया दिनुहोस्