October 23, 2026, Friday
२०८३ कार्तिक ८

बझाङमा एमालेले लियो प्रारम्भिक अग्रता, कांग्रेस पछ्याउँदै

बझाङ। बझाङमा मतगणना सुरु भएको छ । बझाङमा प्रारम्भिक मतपरिणामअनुसार एमालेले अग्रता लिएको छ ।

छविस पाथिभरा गाउँपालिका वडा नम्बर १ र २ बाट मतगणना सुरू भएको हो । छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर २ को मतगणना हुँदा एमालेका भण्डारीले ६१५ मत पाएका छन्।

नेपाली कांग्रेसका अभिषेक सिंहले ३४२ मत पाएका छन् भने माओवादी केन्द्रका जनक बुढाले २१७ मत ल्याएका छन्।

एकीकृत समाजवादीका दिलबहादुर सिंहले ६२ मत पाएका छन्।