बझाङमा सुरु भयो मतगणना, दुई स्थानमा गणना हुदै

बझाङ । बझाङमा थालियो मतगणना सुरु भएको छ । बझाङ क्षेत्र नम्बर–१ ‘क’ को मतगणना सदरमुकाम चैनपुरस्थित जिल्ला अदालतमा आइतबार निर्धारित समयभन्दा झन्डै एक घण्टापछि सुरु भएको हो ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार छबिसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु गरिएको छ । दुई स्थानमा मतगणना गरिएको जिल्ला निर्वाचन अधिकृत मानबहादुर धामीले जानकारी दिएका हुन ।
निर्वाचन आयोगका अनुसार बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा (१) मा शनिबार भएको उपनिर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो। त्यहाँ ६१ हजार ७ सय ४८ मतदाता रहेकोमा ३० हजार ३ सय २८ जनाले मात्रै मतदान गरेका थिए।
सो क्षेत्रमा नेकपा (एमाले)का तर्फबाट दमनबहादुर भण्डारी, नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह, नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढा, नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहसहित ११ उमेदवार प्रतिस्पर्धामा छन् ।
यसअघि त्यहाँ नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंह प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी सवारी दुर्घटनामा परी उनको मृत्यु भएपछि रिक्त रहेको स्थानमा पदपूर्तिका लागि शनिबार मतदान भएको थियो।
प्रतिकृया दिनुहोस्