भालुको आक्रमणबाट बझाङमा बाबुछोरी घाइते
- Eraibar
- २०८१ बैशाख १६, आईतवार ११:५८
- 10 Shares

बझाङ । बझाङमा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । घाइते हुनेमा थलारा गाउँपालिका –८ का ६० वर्षीय मदनराज जोशी र १३ वर्षीया देवशरा जोशी रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते दुबै बाबुछोरी हुन् । घर नजिकै राखिएको मौरी घार हेर्न गएका बेला उनीहरुलाई शनिबार भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
भालुको आक्रमणबाट उनीहरुको अनुहार, टाउको, शरीर र हातमा गहिरो चोट लागेको छ । घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
खप्तड राष्ट्रिय निकुन्ज मध्यवर्ती क्षेत्रमा पर्ने थलारामा भालु देखिने गरेको छ । भालुले आक्रमण गरेपछि त्यस क्षेत्रका स्थानीयहरुसमेत त्रसित हुन थालेका छन् ।
-
बैंक तथा वित्तीय ऋणको ब्याजदर इतिहासकै न्यून विन्दुमा
२०८३ बैशाख ४, शुक्रबार ११:०८ -
प्रधानमन्त्री बालेनले आज सबै समानुपातिक सांसदसँग अन्तरक्रिया गर्दै
२०८३ बैशाख २, बुधबार १०:१० -
कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै, खड्कालाई स्पष्टीकरण सोध्ने तयारी
२०८३ बैशाख २, बुधबार १०:३९ -
नेपाली बजारमा सुनको भाउ तीन लाख नाघ्यो, चाँदीमा पनि वृद्धि
२०८३ बैशाख २, बुधबार ११:३० -
कर्णाली नदीमा डुंगा पल्टँदा दुईजना बेपत्ता, खोजीकार्य जारी
२०८३ बैशाख ४, शुक्रबार १२:०२





प्रतिकृया दिनुहोस्