April 18, 2026, Saturday
२०८३ बैशाख ५

हेलिकप्टर मार्फत बाजुरामा एक गर्भवती महिलाको उद्धार

बाजुरा । बाजुरामा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीका अनुसार बडीमालिका नगरपालिका–६ कोर्धकी ३० वर्षीया सीमा बडवालको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो।

बडुवालको सुत्केरी हुने समय बढी भएको र बच्चा पाठेघरमा अड्किएपछि जिल्लामा सुत्केरी गराउन सम्भव नभएकाले अन्यन्त्रै रिफर गरिएको सूचना अधिकारी गिरीले बताएका हुन।

अस्पतालले अवस्था जटिल भएपछि जिल्ला प्रशासन कार्यालय बाजुरालाई हेलिकप्टरमा उद्धारका लागि आग्रह गरेको थियो । प्रशासनले गृह मन्त्रालयलाई पत्राचारपछि नेपाली सेनाको एन ए ९ को हेलिकप्टरबाट उद्धार गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी रामकुमार तिमल्सिनाले बताएका छन्।