February 14, 2025, Friday
२ फाल्गुन २०८१, शुक्रबार

बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्प

धनगढी । बझाङको चैनपुर केन्द्रबिन्दु भएर भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले दिउको जानकारी अनुसार मंगलबार साँझ ६ बजेर ४४ मिनेटमा चैनपुर आसपास भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि मंगलबार भक्तपुर र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको थियो ।

गत असोज १६ गते बझाङ सदरमुकाम चैनपुर केन्द्रबिन्दु बनाएर ६.३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्येसपछि यस क्षेत्र वरिपरि केन्द्रबिन्दु बनाएर ५१३ वटा पराकम्पन गएको भूकम्प राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो।

भूकम्पको जोखिममा रहेको बझाङ सदरमुकाम चैनपुरलगायत छिमेकी मष्टा, तल्कोट तथा छबिसपाथिभेरा गाउँपालिकामा केन्द्रबिन्दु बनाएर त्यो समयमा मात्र ५१३ पटक भूकम्पका पराकम्पन गएकाले थियो । भूकम्पको जोखिम अझै कायम रहेको समेत बताइएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्प विज्ञसहितको टोलीले सदरमुकाम चैनपुरमा पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा भूकम्पको जोखिम अझै कायम रहेकाले सचेत रहन समेत आमनागरिकलाई आग्रह गरेको छ ।

भुकम्पबिद लोकमणी अधिकारीले झण्डै ५ सय वर्षयता पश्चिम नेपालमा भूकम्प नगएको र ठुलो शक्ति सञ्चित भएर बसेका भूकम्पसम्बन्धी विभिन्न अध्ययनले देखाएकाले भूकम्प जत्तिखेर पनि आउनसक्ने भएकाले सबैले सुरक्षित रहनुपर्ने बताएका छन् ।

उनले असोज १६ गते यता मात्र बझाङमा केन्द्रबिन्दु बनाएर ४१३ वटा साना तथा ठुला पराकम्पन गएको बताउँदै भूकम्प कहिले, कति र कहाँ आउनसक्छ भन्नेबारे अहिलेसम्म अध्ययन समेत भइनसकेकाले भूकम्पको जोखिम कायम रहेको बताए ।