बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गयो

बाजुरा । बाजुराको बिछ्या केन्द्रविन्दु भएर फेरी भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो।
यसअघि बाजुराकै बिछ्या केन्द्रविन्दु भएर यही वैशाख २३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । यद्यपि, कम म्याग्निच्युड भएका कारण भूकम्पका धक्का गए पनि भौतिक तथा मानवीय क्षति भने भएको छैन ।
पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिने गरिन्छ ।
खानी तथा भूगर्भ विभागले हालसालै तयार पारेको भूकम्पीय जोखिम नक्सा (एसएचएम) मा पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नआएकाले त्यो क्षेत्रलाई पनि भूकम्पको बढी जोखिमयुक्त क्षेत्रको रूपमा औंल्याइएको छ । ५०० वर्षदेखि ठूलो भूकम्प नगएकाले पश्चिम नेपाल बढी जोखिममा रहेको वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारी बताउँछन् ।
फाइल फोटो :





प्रतिकृया दिनुहोस्