April 18, 2026, Saturday
२०८३ बैशाख ५

बाजुराको दहकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्यूडको भूकम्प

बाजुरा । बाजुरा केन्द्रबिन्दु भएर गएराती दुईपटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुईपटक भूकम्प गएको हो।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुराको दहकोट केन्द्रबिन्दु भएर गएराती ११ः५८ बजे ४.९ म्याग्निच्यूडको र १ः३० बजे ५.९ म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्कर बहादुर खड्काले भूकम्पले के कति क्षति भयो यस बारे जानकारी नआएको र रिपोर्ट संकलन भैरहेको बताएका छन् । क्षतिको विवरण संकलन गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

बाजुरा केन्द्रविन्दु भएर लगातार तेस्रोपटक भूकम्प गएको छ । गत वैशाख १० गते ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने १४ गते ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो ।