October 23, 2026, Friday
२०८३ कार्तिक ८

कृषि विकास बैंकले आठौंदेखि चौथो तहसम्मका लागि खोल्यो जागिर, कुन पदमा कति ?

काठमाडौं : कृषि विकास बैंकले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । विभिन्न पदमा १५२ जनाको माग गर्दै बैंकले आज सूचना निकालेर अनलाइन दरखास्त आह्वान गरेको हो।

कृषि विकास बैंकले खुला तथा समावेशीतर्फ आठौंंदेखि चौथो तहसम्मका पदमा स्थायी नियुक्तिका लागि आवेदन आह्वान गरेको हो । प्रशासन र प्राविधिकतर्फ बैंकले कर्मचारी माग गरेको छ । यस्तै बैंकले आन्तरिक बढुवाका लागि पनि सूचना प्रकाशित गरेको छ ।

आज सूचना जारी गर्दै बैकले शाखा प्रमुख ५ जना, व्यवसाय अधिकृत ४७ जना, कम्प्युटर अधिकृत १७ जना, इन्जिनियर सभिलतर्फ ३ जना, कर्जा अधिकृत १२ जना, व्यवसाय सहायक २३ जना, कानून सहायक ३ जना, ऋण सहायक ५ जना र लेखापाल ३४ जना गरी कूल १५२ जनाको माग भएको छ।

खुला तथा समावेशी प्रतियोगिताबाट रिक्त पदमा पदपूर्ति गर्न दरखास्त आह्वान भएको छ। इच्छुकले अनलाइनबाट फारम भर्न सक्नेछन्।