नेपाल प्रहरीले झन्डै छ सय जनाको संख्यामा जागिर खुल्यो
- Eraibar
- २०७८ आश्विन २२, शुक्रबार १०:१३
- 98 Shares

काठमाडौं, असोज २२ (ई-रैवार)
नेपाल प्रहरीले झन्डै छ सय संख्यामा जागिर खुलेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो ।
प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकका लागि ३६७ जना माग गरेको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।
कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रहरी सहायक निरीक्षकका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।
प्रहरी सहायक निरीक्षकका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्ने बताएको छ।

- दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
- प्रधानमन्त्री शाहले भने- ‘इमानदार प्रयास र सामूहिक मेहनतले विकृति हटाउन सकिन्छ’
- राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, १०ः२६ बजे ग्रहण गरे प्रसाद
- दसैँको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नरहोस् : गगन थापा
- विपत्ति र शोकबीचको दसैँले राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् : रवि लामिछाने
-
‘काक्रो नखाई निधारमा बियाँ कसरी लाग्यो ?’ भन्दै निवर्तमान मुख्यमन्त्री शाहले मागे अर्थमन्त्री मल्लको राजीनामा
२०८३ आश्विन २८, बुधबार १६:२८ -
सुदूरपश्चिमको बजेट कार्यान्वयनको बाटो खुल्यो, कर्मचारीलाई शुक्रबारसम्म तलब खुवाउने तयारी
२०८३ आश्विन २९, बिहीबार १३:२३ -
एनपीएललाई आईसीसीको औपचारिक मान्यता, नेपाली क्रिकेटमा नयाँ ढोका खुला
२०८३ कार्तिक १, शनिबार ०७:५२ -
सुदूरपश्चिमबाट कांग्रेस केन्द्रीय सदस्यमा ६ जना निर्वाचित, को-को भए ?
२०८३ आश्विन २८, बुधबार ११:४२ -
दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार
२०८३ कार्तिक ५, बुधबार १४:४५





प्रतिकृया दिनुहोस्