April 18, 2026, Saturday
२०८३ बैशाख ५

नेपाल प्रहरीले झन्डै छ सय जनाको संख्यामा जागिर खुल्यो

काठमाडौं, असोज २२ (ई-रैवार)

नेपाल प्रहरीले झन्डै छ सय संख्यामा जागिर खुलेको छ। जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक र प्राविधिक समूहअन्तर्गत विभिन्न उपसमूहतर्फ प्राविधिक प्रहरी जवान पदहरूमा जागिर खुलेको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षकका लागि ३६७ जना माग गरेको छ भने प्राविधिक प्रहरी जवानतर्फ २२८ जनाको माग भएको छ। इच्छुकहरूलाई आवेदन दिन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

कात्तिक ३ गतेदेखि मंसिर १२ गतेभित्र आवदेन दिइसक्नुपर्नेछ। प्रहरी सहायक निरीक्षकका लागि तीन सय र प्रहरी जवानलाई एक सय ५० दस्तुर लाग्नेछ।

प्रहरी सहायक निरीक्षकका लागि प्लस टु गरेको र १८ वर्ष पूरा भएर २४ वर्ष ननाघेको हुनुपर्नेछ। साथै प्रहरी जवानलाई एसएलसी गरेको र १८ वर्ष पूरा भई २३ वर्ष ननाघेको हुनुपर्ने बताएको छ।