September 3, 2026, Thursday
२०८३ भाद्र १८

गर्भनर अधिकारीको हस्ताक्षर भएको नयाँ नोट आजदेखि चलनचल्तीमा

काठमाडौं, मंसिर १० (ई–रैवार)

नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोट बुधबारदेखि चलनचल्तीमा आएको छ । रु ५ को साविककै आकार र रङमा संकेत नम्बर थ/३४ ०००००१ देखि  नं. ५४, ९९९९९९ सम्मको नयाँ नोट राष्ट्र बैंकले बजारमा पठाएको छ ।

यस्तै रु १० को नोट पनि साविककै आकार र रङमा आएको छ । १० रुपैयाँको संकेत नम्बर ढ/८२ ०००००१ देखि  द/४५ ९९९९९९ सम्म को नोट आजैबाट चलनचल्तीमा आएको हो ।  दुबै दरको नोटमा गर्भनर अधिकारीको हस्ताक्षर रहेको छ ।  यी नोटको तल्लो भागको बोर्डरमा नोटको सेरिज नं. नेपालीमा वि.सं. २०७६ लेखिएको छ ।

दुबै नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । यस्तै पछिल्लो भागमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक बैंक’ लेखिएको छ । पाँच रुपैयाँ नोटको पछाडिको मध्यभागमा याक तथा हुम्ला जिल्लाको लिमि क्षेत्रको हिमाल छ भने रुपैयाँ १० को नोटमा कृष्णसारको चित्र छ ।