August 30, 2026, Sunday
२०८३ भाद्र १४

सायल गाउँपालिकाले भोटेकोशी बाढीपीडितका लागि १ लाख ११ हजार सहयोग गर्ने

डोटी । रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि डोटीको सायल गाउँपालिकाले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने भएको छ।

गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो। प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले आर्थिक सहयोग उपलब्ध गराउन लागिएको गाउँपालिकाले जनाएको छ।

यस्तै, शिखर नगरपालिका ४ डोटीका दीपक महरा र दिपायल सिलगढी नगरपालिका ७ डोटीका कृर्तसिह बिष्ट रसुवा बाढीपछि सम्पर्कविहीन भएपछि उनको खोजीकार्यमा लाग्ने खर्चबापत परिवारलाई १०(१० हजार रुपैयाँ सहयोग गर्ने निर्णयसमेत गाउँपालिकाले गरेको छ।

गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै आवश्यक सहयोग, सहकार्य र समन्वय जारी राख्ने बताएका छन्।