October 29, 2026, Thursday
२०८३ कार्तिक १३

ब‌ैतडी

बैतडीमा पासोमा पर्‍यो चितुवा, उद्धार गरिँदै

बैतडीमा पासोमा पर्‍यो चितुवा, उद्धार गरिँदै

बैतडी । बैतडीमा पासोमा चितुवा परेको छ । मङ्गलबार बिहान सिगास गाउँपालिका-९ च्वाँभेरीखोलामा मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको हो । डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलीप कुमार यादवका अनुसार मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको छ । चितुवाको उद्धार गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाको उद्धार टोली मगाइएको उनले बताए । चितुवाको उद्धार गर्न…

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

नेपाल-भारत सीमा थप एक घण्टा खोल्ने सहमति

बैतडी । पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा समन्वय बैठकले दुई देशबीचको बैतडीको झुलाघाट नाका आज वेलुकी ७ बजेसम्म खोल्ने सहमति भएको छ ।  बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले यसअघि बिहान ६ देखि बेलुका ६ बजेसम्म खुल्ने उक्त नाका अबदेखि बेलुका ७ बजेसम्म खोल्ने सहमति भएको बताए । बैठकमा भारतमा हुने लोकसभा चुनावलाई मध्यनजर गरेर सीमा…

  • संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक पारित हुन्छः मन्त्री साउद

    संसद्को आगामी अधिवेशनमा टिआरसी विधेयक पारित हुन्छः मन्त्री साउद

    बैतडी । परराष्ट्रमन्त्री एनपी साउदले संसदको आगामी अधिवेशनबाट टिआरसी विधेयक पारित हुने बताएका छन्। बैतडीको दोगडाकेदारमा आयोजित साँस्कृतिक महोत्सवको उद्घाटन गर्न आइपुगेका मन्त्री साउदले पीडितलाई न्याय दिने किसिमले शान्ति प्रक्रियालाई टुंग्याउन लागिएको प्रष्ट पारेका हुन। परराष्ट्रमन्त्री साउदले सबै दलहरुको सहमतिअनुसार...

  • झुलाघाटबाट सुरू भयो एमालेको मध्यपहाडी लोकमार्ग अभियान

    झुलाघाटबाट सुरू भयो एमालेको मध्यपहाडी लोकमार्ग अभियान

    बैतडी । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ आरम्भ भएको छ । बिहिबार झुलाघाटमा राष्ट्रिय झन्डोत्तोलन गरेर एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यात्राको शुभारम्भ गरेका हुन । यससँगै एमालेले बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभज्याङसम्मको यात्रा...

  • पाटन प्रिमियर लिग : आज दोस्रो दिन तिन खेल हुँदै

    पाटन प्रिमियर लिग : आज दोस्रो दिन तिन खेल हुँदै

    बैतडी । पाटन प्रिमियर लिग (पिपिएल) मा तीन खेल हुने भएका छन् । बैतडीको पाटनमा आइतबार देखि सुरु भएको तेस्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल) मा तीन खेल हुने भएका हुन् । पहिलो खेलमा टिम क्वालिटी कैलपाल, दशरथचन्द प्रतिष्ठान दोस्रोमा...

  • अज्ञात समूहले गर्‍यो गाउँपालिकाको एक्साभेटर तोडफोड

    अज्ञात समूहले गर्‍यो गाउँपालिकाको एक्साभेटर तोडफोड

    बैतडी । अज्ञात समूहले बैतडीको डिलासैनी गाउँपालिकाको एक्साभेटर तोडफोड गरेको छ । डिलासैनी–६ को वडा कार्यालयअगाडि राखिएको बा. प्र.०१–००४ क १२१६ नम्बरको एक्साभेटरमा तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उक्त...

  • भारतसँग जोडिएको झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

    भारतसँग जोडिएको झुलाघाट नाका पूर्णरूपमा सञ्चालनमा

    बैतडी । भारत सीमासँग जोडिएको झुलाघाट नाका आजदेखि पूर्णरूपमा  सञ्चालनमा आएको छ । बैतडीको झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।  झुलाघाटस्थित महाकाली नदीमा रहेको पुल मर्मत सम्पन्न भइसकेकाले...

  • असिनापानीले बालीनाली नष्ट, किसान चिन्तित

    असिनापानीले बालीनाली नष्ट, किसान चिन्तित

    बैतडी । असिनापानीले सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली नष्ट गरेको छ । हिजो बेलुका परेको वेमौसमी वर्षासँगै असिनापानीले दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा अन्नबाली नष्ट गरेको हो । आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको...

  • सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

    धनगढी। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रबिन्दु...