July 18, 2024, Thursday
३ श्रावण २०८१, बिहीबार

बैतडीमा ट्याक्टर दुर्घटना, चालकसहित दुई जनाको मृत्यु

बैतडी । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बैतडीको सुर्नयाबाट खोडपे गईरहेको टयाक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका बैतडीका प्रवक्ता खेमविक्रम केसीका अनुसार शुक्रबार विहान से २ त ३६७८ नम्बरको ट्रयाक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुई जनाको मृत्यु भएको केसीले बताए ।

प्रवक्ता केसीले परिचय नखुलेका ट्रयाक्टर चालक र त्यसमा सवार राजेश चौधरीको मृत्यु भएको बताएका छन् । दुर्घटना रातिको समयमा भएको र प्रहरीलाई आज बिहान मात्र जानकारीमा आएको उनले बताए ।

ट्याक्टर सडकबाट करिब डेढ/दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण एकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए ।घटनास्थलमा प्रहरी खटिएको हुनाले घटनाबारे विस्तृत केही समयमा जानकारीमा आउने प्रहरीको भनाइ छ ।