असिनापानीले बालीनाली नष्ट, किसान चिन्तित

बैतडी । असिनापानीले सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली नष्ट गरेको छ । हिजो बेलुका परेको वेमौसमी वर्षासँगै असिनापानीले दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा अन्नबाली नष्ट गरेको हो ।
आइतबार राति परेको असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुर्याएको स्थानीयले बताएका छन् । दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाममा हावाहुरीसहित असिना पानी परेको थियो ।
बैतडीको डिलाशैनी, दोगडाकेदार, सिगास गाउँपालिका सहित पुर्चौडी नगरपालिकालगायतमा असिना पानीले क्षति पुर्याएको छ ।
असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिए । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।
धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ । दिउँसो घाम लागे पनि बेलुका असिना पानी परेको थियो ।





प्रतिकृया दिनुहोस्