April 17, 2026, Friday
२०८३ बैशाख ४

दलको नेता छान्न कांग्रेसले बोलायो निर्वाचन समितिको बैठक

काठमाडौँ : नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले शुक्रबार दलको बैठक बोलाएको छ। 

सिंहदरबार स्थित कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समितिका संयोजक कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले बैठक बोलाएका हुन्। 

कांग्रेस संसदीय दलको कार्यालयले पार्टीका प्रतिनिधि सभाका सांसदहरूलाई निर्वाचन समितिका संयोजकले बैठक आह्वान गरेको भन्दै सूचना पठाएको छ।