April 17, 2026, Friday
२०८३ बैशाख ४

कांग्रेसले बोलायो प्रदेश सभापति र मुख्यमन्त्रीको बैठक

काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका सातै प्रदेशका सभापति र संसदीय दलका नेता एवं पार्टीका तर्फबाट मुख्यमन्त्री रहेकाहरूको बैठक बोलाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई कांग्रेसले डाकेको हो।

बैठक कति बजे बस्ने भन्ने टुङ्गिन बाँकी रहेको उनले बताए । उनले भने, ´आइतबार बैठक बोलाइएको हो कति बजे गर्ने भन्ने समय तय हुन बाँकी छ।

कांग्रेसले उपसभापति विश्वप्रकाश शर्मालाई प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई समन्वय गर्ने जिम्मेवारी तोकेको छ ।

बैठकमा कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने शीर्ष तहका एक नेताले जानकारी दिए ।