एमालेमा नेतृत्वमाथिको दबाब तत्काल टर्यो : अध्यक्षको राजीनामा नलेखिने, विशेष महाधिवेशन पनि नबोलाइने
काठमाडौँ । निर्वाचन परिणामपछि नेकपा एमालेभित्र नेतृत्व परिवर्तनको बहस चर्किएका बेला निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तत्काल नेतृत्व पुनर्गठनको प्रस्ताव अघि नबढाउने गरी साझा प्रतिवेदन तयार गरेको छ। कार्यदलले अध्यक्षको राजीनामा माग्ने वा हटाउने विषयलाई प्रतिवेदनबाट हटाउँदै पार्टीभित्रको विवादलाई...


