April 18, 2026, Saturday
२०८३ बैशाख ५

‘रूकुम-घटना’को सत्यतथ्य बाहिर ल्याउन माग गर्दै -याली

निर्मल रैका

धनगढी असार १०(ई-रैवार): कोरोनाले जनजीवनमा परेको प्रभावप्रति सरकारले दायित्व बहन गर्न र  रुकुम चौरजहारी घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै धनगढीमा मोटरसाईल -याली निकालिएको छ ।

धनगढीको ट्राफिक चौराह देखी नाराबाजी सहित सुरु भएको बिरोध -याली जिल्ला प्रशासन कार्यालयको गेट अगाडी कोणसभामा परिणत भएको थियो ।

कोण सभा कार्यक्रमलाई सम्बोधन गदै नेपाली काङ्ग्रेसका नेता तथा संविधान सभा सदस्य प्यारेलाल रानाले रुकुम चौरजहारीमा घट्नै नहुने घट्ना घटेको बताउदै सरकार घटनाप्रति गम्भिर नबनेको आरोप लगाए । ‘यो घटना जघन्य अपराध हो,’ उनले भने,’जातकै आधारमा घट्ना घटेकाले पीडीतलाई चाडो भन्दा चाँडो न्याय दिन सरकारसंग माग गर्दछौ ।’

सरकार कोरोना नियन्त्रणमा गैह्रजिम्मेवार ढंगबाट प्रस्तुत भएको बताउदै यसको मारमा परेको नागरिकको जनजिविकामा समेत जिम्मेवार ढंगले प्रस्तुत नभएको आरोप लगाए ।

कोणसभालाई सम्बोधन गर्दै सुदुरपश्चिम जनपुस्तकालयका अध्यक्ष तथा प्राध्यापक डा. टीएन जोशीले रुकुम चौरजहारी घटना मानवताविरूद्धको निर्मम घटना भएको बताए । उनले भने,’यो दलित समुदायको मात्र नभइ समग्र ३ करोड नेपाली जनता र सिङ्गो मानवजातीविरूद्धको घटना हो ।’

कोण सभा कार्यक्रममा मुक्तीका लागि साझा अभियानका अध्यक्ष प्रेम बिसीले प्रदेश सरकार भत्ता बढाउने तथा सुबिधा लिने काममा लागेको, जनताको जीउ धनको सुरक्षमाम ध्यान नदिएको आरोप लगाए ।

त्यस्तै कोणसभामा बोल्दै नेपाल दलित संघ कैलालीका सचिव चक्र नेपालीले क्वारेन्टीनमा हत्या हिंसा बलात्कार भइ रहेकाले सरकारले क्वारेन्टीनको उचित ब्यवस्थापन गर्नु पर्नेमा जोड दिए ।
उक्त बिरोध -यालीमा लकडाउन कडाइका साथ कार्वान्वयन गर, भ्रष्टचार अन्त्य गर, पीसीआर. मेसिन लगायत स्वास्थ्य सामाग्रीको ब्यवस्थापन गर, महिला र पुरुषका लागी छुट्टा छुट्टै क्वारेन्टीनको ब्यवस्थापन गर, जातयि छुवाछुत कसुर सजाय ऐन २०६८ कार्यान्वयन गर, लकडाउनका समयमा सुत्केरी र गर्भवती महिलालाई बिशेष ब्यवस्था गर , लकडाउनका समयमा मनोसामाजिक परामर्शका कार्यक्रम सञ्चालन गर, सम्भु सदा र अंगिराका हत्यारा लाइ कार्वाही गर लगायतका नारा सहित बिरोध प्रदर्शन गरिएको थियो ।

बिरोध र्यालीमा नेपाल दलित संघका बरिष्ठ उपाध्यक्ष छत्र टेलर, युवा नेता अमृत बि.सी,मानव अधिकार संरक्षण मञ्चका प्रदेश सचिव राजेन्द्र रैका नागरीक समाज, बुद्धिजीवी, राजनैतिक दलका नेता, सामाजिक अभियन्ता तथा अधिकारकर्मी लगायतको उपस्थिती रहेको थियो ।